पहिरोले कान्तिलोकपथ अवरुद्ध « Khabarhub

पहिरोले कान्तिलोकपथ अवरुद्ध


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– काठमाडौँ र हेटौँडालाई जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । कान्ति लोकपथअन्तर्गत  ललितपुरको बागमती गाउँपालिका–२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो । 

यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ अन्तर्गत पर्ने कान्ति लोकपथको सिरानचोकमा पहिरो जाँदा हेटौँडाबाट ठिगनतर्फको यातायात सेवा पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । पाङ्धुरे र छबेनीमा गएको पहिरो हटाउने काम भइरहेको छ । 

अहिले त्रिभुवन राजपथ, हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने मातातीर्थ, फाखेल र सिस्नेरी सडकमा यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १ : ५१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु