डीआईजी केसीको सरुवा प्रकरण संसद्‍मा, कांग्रेस-एमाले गठबन्धनमाथि उठ्यो प्रश्न « Khabarhub

डीआईजी केसीको सरुवा प्रकरण संसद्‍मा, कांग्रेस-एमाले गठबन्धनमाथि उठ्यो प्रश्न


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिप्रसाद ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीलाई सरुवा गरेर सरकारले नयाँ सत्तागठबन्धन बन्नुको औचित्य पुष्टि गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै ढकालले यस्तो आरोप लगाएका हुन् ।

रास्वपासहितको अघिल्लो सरकारले सुशासनको पक्षमा गरिरहेका काम र भ्रष्टाचारविरुद्धका अनुसन्धान रोकेर ठूला नेता जोगाउन कांग्रेस र एमालेले वर्तमान सत्तागठबन्धन बनाएको दाबी उनले गरे ।

‘यो गठबन्धन कुन उद्देश्यले बनेको भनेर हामी भनेका थियौँ, त्यो अब पुष्टि भयो,’ उनले भने, ‘सरकारले सदनबाट विश्वास पाएको केही दिनमै अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीको सरुवा गरिनु त्यसैको कारण हो।’

ढकालले वर्तमान सरकार बनाउने नाममा सुरुदेखि नै गलत काम गरिएको र गलत कदम चालिएको बताए ।

अनुसन्धान गर्नुपर्नेलाई मन्त्री बनाइएको, प्रदेश सरकारमा ‘गुन्डानाइके’हरू, अपहरण, फिरौती, ज्यान मार्ने र हातहतियारसम्बन्धी अपराधमा मुछिएकालाई मन्त्री पद दिइएको भन्दै ढकालले दुई ठूला दलको कडा आलोचना गरे ।

सरुवा

गृहमन्त्रालयले डीआईजी डा. केसीलाई केही महिनामै सुरुवा गरेको हो । केसीको सरुवा आकस्मिक भएको भन्दै आलोचना जारी छ । केसीको कमान्डमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई पक्राउ गरिएको थियो ।

उनले पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पनि पक्राउ गरेका थिए । झा र थापा समातिएपछि नेपालको सत्ता समीकरण नै फेरिएको आरोप लागिरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : २८ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’