डीआईजी केसीको सरुवा प्रकरण संसद्‍मा, कांग्रेस-एमाले गठबन्धनमाथि उठ्यो प्रश्न « Khabarhub

डीआईजी केसीको सरुवा प्रकरण संसद्‍मा, कांग्रेस-एमाले गठबन्धनमाथि उठ्यो प्रश्न


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिप्रसाद ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीलाई सरुवा गरेर सरकारले नयाँ सत्तागठबन्धन बन्नुको औचित्य पुष्टि गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै ढकालले यस्तो आरोप लगाएका हुन् ।

रास्वपासहितको अघिल्लो सरकारले सुशासनको पक्षमा गरिरहेका काम र भ्रष्टाचारविरुद्धका अनुसन्धान रोकेर ठूला नेता जोगाउन कांग्रेस र एमालेले वर्तमान सत्तागठबन्धन बनाएको दाबी उनले गरे ।

‘यो गठबन्धन कुन उद्देश्यले बनेको भनेर हामी भनेका थियौँ, त्यो अब पुष्टि भयो,’ उनले भने, ‘सरकारले सदनबाट विश्वास पाएको केही दिनमै अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीको सरुवा गरिनु त्यसैको कारण हो।’

ढकालले वर्तमान सरकार बनाउने नाममा सुरुदेखि नै गलत काम गरिएको र गलत कदम चालिएको बताए ।

अनुसन्धान गर्नुपर्नेलाई मन्त्री बनाइएको, प्रदेश सरकारमा ‘गुन्डानाइके’हरू, अपहरण, फिरौती, ज्यान मार्ने र हातहतियारसम्बन्धी अपराधमा मुछिएकालाई मन्त्री पद दिइएको भन्दै ढकालले दुई ठूला दलको कडा आलोचना गरे ।

सरुवा

गृहमन्त्रालयले डीआईजी डा. केसीलाई केही महिनामै सुरुवा गरेको हो । केसीको सरुवा आकस्मिक भएको भन्दै आलोचना जारी छ । केसीको कमान्डमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई पक्राउ गरिएको थियो ।

उनले पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पनि पक्राउ गरेका थिए । झा र थापा समातिएपछि नेपालको सत्ता समीकरण नै फेरिएको आरोप लागिरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : २८ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी