इजरायल नियन्त्रित गोलान हाइटमा रकेट आक्रमण, १२ जनाको मृत्यु « Khabarhub

 इजरायल नियन्त्रित गोलान हाइटमा रकेट आक्रमण, १२ जनाको मृत्यु


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा– लेबनानबाट प्रहार गरिएको रकेटले इजरायली कब्जामा रहेको गोलान हाइट्समा १२ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हेज्बुल्लाहले लेबनानबाट मजदल शम्सको ड्रुज सहरको फुटबल मैदानमा रकेट प्रहार गरी १० देखि २० वर्षका युवाहरूको हत्या गरेको इजरायली सेनाले बताएको छ । 

आक्रमणमा अन्य १८ जना युवाहरू घाइते भएका आपतकालीन सेवाले जनाएको हो । 

‘इजरायलले यो घातक आक्रमणको जवाफ दिनेछ र हेजबुल्लाहले यो हमलाका लागि अहिलेसम्म कहिल्यै नचुकाएको भारी मुल्य चुकाउनेछ,’ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो कार्यालयबाट जारी विज्ञप्तिमा भने । 

नेतान्याहूले संयुक्त राज्य अमेरिकाबाट इजरायल फर्केपछि सुरक्षा मन्त्रीमण्डलको बैठक बस्ने बताएका छन् । 

लेबनानका लागि विशेष संयोजक जेनिन हेनिस–प्लास्चर्ट र लेबनानमा संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) का प्रमुख एरोल्डो लाजारोले संयुक्त वक्तव्य जारी गर्दै यस समयमा अधिकतम संयमता अपनाउन आग्रह गरेका छन् । 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले यस ‘भयानक आक्रमण’को निन्दा गरेको छ । 

‘लेबनानी हेजबुल्लाहसहित सबै इरान समर्थित आतंकवादी समूहविरुद्ध इजरायलको सुरक्षाका लागि हाम्रो समर्थन अटल छ,’ एक प्रवक्ताले विज्ञप्तिमा उल्लेख गरेका छन्  । 

इजरायली कब्जामा रहेको गोलान हाइट्समा भएको घातक रकेट आक्रमणमा तेहरान समर्थित हेजबुल्लाहमाथि लगाइएको आरोपको विरोध गर्दै इरानले आइतबार लेबनानमा कुनै पनि नयाँ सैन्य आक्रमणले ‘अप्रत्याशित परिणाम’ निम्त्याउन सक्ने चेतावनी इजरायललाई दिएको छ । 

‘इजरायलको कुनै पनि अज्ञानी कार्यले यस क्षेत्रमा अस्थिरता, असुरक्षा र युद्धको दायरा विस्तार गर्न सक्छ,’ विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले भने।  “इजरायल यस्तो मूर्खतापूर्ण व्यवहारको अप्रत्याशित परिणाम र प्रतिक्रियाका लागि जिम्मेवार हुनेछ,’ उनले भने। 

युरोपेली सङ्घको विदेश नीति प्रमुख जोसेप बोरेलले आक्रमणको निन्दा गर्दै स्वतन्त्र अनुसन्धानको आह्वान गरेका छन् । 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : ५८ बजे

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र