हुप्सेकोटमा अनुदान कार्यक्रमले दूध उत्पादनमा वृद्धि | Khabarhub Khabarhub

हुप्सेकोटमा अनुदान कार्यक्रमले दूध उत्पादनमा वृद्धि


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थालेपछी उत्पादनमा वृद्धि भएको छ । 

दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७८-७९ देखि अनुदान दिन थालेपछी प्रत्येक वर्ष उत्पादनमा वृद्धि हुँदै गएको हो ।

सहकारीले सञ्चालन गरेको दुग्ध डेरीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर दूधमा सात दशमलव ५० का दरले अनुदान रकम गाउँपालिकाले उपलब्ध गराएको हो । आर्थिक वर्ष २०८०-८१ मा ७५ हजार दुई सय दुई लिटर दूधमा पाँच लाख ६४ हजार १२ अनुदान रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले जानकारी दिए । 

‘गत आवमा सहिद प्रदुक बहुउद्देश्यीय सकारी संस्थाले २२ हजार १६ लिटर दूधमा रु दुई लाख ७३ हजार पाँच सय ३१, साना किसान कृषि सहकारी संस्थाले ३५ हजार तीन सय सात लिटर दूधमा रु दुई लाख ६५ हजार एक सय ६२ र शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्थाले तीन हजार तीन सय ७६ लिटर दूधमा २५ हजार तीन सय १९ अनुदान लगेका छन’, उनले भने ।

गाउँपालिकाले आव २०७९र८० सम्म प्रतिलिटर रु पाँच अनुदान दिँदै आएकामा गत आवदेखि अनुदान रकम वृद्धि गरेको हो । पालिकाले प्रतिलिटर रु १० अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दूधमा अनुदान उपलब्ध गराएकाले प्रदेशबाट किसानलाई प्राप्त रकम घटाएर प्रतिलिटर १० हुने गरी अनुदान वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिए। अनुदान रकम साना किसानसम्म पु¥याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार रकम उपलब्ध गराइएको गरिएको उनले बताए।

आव २०७९-८० मा कूल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर पाँचका दरले दुई लाख ८६ हजार छ सय १९ अनुदान रकम प्रदान गरिएको गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले जानकारी लिए। 

‘सो वर्ष सहिद प्रदुक बहुउद्देश्यीय सहकारीले २२ हजार १६ लिटर दूधमा रु  एक लाख १० हजार ८० र साना किसान कृषि सहकारीले ३५ हजार तीन सय सात लिटर दूधमा रु एक लाख ७६ हजार पाँच सय ३९ अनुदान पाएका थिए’, उनले भने ।   

चालु आर्थिक वर्षमा पनि दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकत पराजुलीले बताए । किसानका पक्षमा हुप्सेकोट गाउँपालिकाले गरेको काम प्रशंसनीय रहेको पशुपालक किसानले बताएका छन् ।  अधिकृत

सोझै किसानको हातमा रकम जाने यो कार्यक्रमले किसानलाई केही मात्रामा भए पनि राहत दिएको कृषकको भनाइ छ । 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ३ : १४ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २८ गते सोमबार सन्

अस्ट्रेलियासँगको हारपछि भारतको सेमिफाइनल सम्भावना कमजोर

दुबई – अस्ट्रेलियासँगको हारपछि भारतले महिला विश्वकप टी-२० विश्वकप क्रिकेटको

ट्रम्पको र्‍यालीबाट एक बन्दुकधारी गिरफ्तार

क्यालिफोर्निया – शनिबार क्यालिफोर्नियामा भएको डोनाल्ड ट्रम्पको र्‍यालीको ठिक बाहिरबाट

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल असोज २८ गते सोमबार तदनुसार

आज २०८१ साल असोज २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २८ गते सोमबार तदनुसार