सांसदहरूले भने- विश्वमै सुरक्षित हवाइ यातायात नेपालमा चढ्नै डरमर्दो भयो | Khabarhub Khabarhub

सांसदहरूले भने- विश्वमै सुरक्षित हवाइ यातायात नेपालमा चढ्नै डरमर्दो भयो


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसदहरूले नेपालमा हवाई दुर्घटना रोक्न गम्भीर भएर अध्ययनका लागि सरकारलाई सुझाव दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले नेपालमा निरन्तर हवाई दुर्घटना हुने गरेको भन्दै कमजोरी हटाउने गरी गम्भीर भएर अध्ययन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

उनीहरूले हवाइ दुर्घटना भएपछि बन्ने आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोपसमेत लगाएका छन् ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरको विमान दुर्घटनापछि बनाइएको छानबिन आयोगप्रति प्रश्न उठाए ।

उनले जहाज मर्मतमा जाँदा अन्य व्यक्तिलाई लानुपर्ने र पोखरा विमानस्थलमै जानुपर्ने कारण खोजिनुपर्ने धारणा राखे ।

सबैभन्दा सुरक्षित हवाइ उडान नेपालमा भयावह र असुरक्षित हुन थालेको भन्दै यसलाई सुरक्षित बनाउन सरकारले गम्भीर रुपमा अध्ययन गर्नुपर्ने उनले बताए ।

त्यस्तै सांसद सांसद राजेन्द्र बजगाईंले नेपालमा हवाइ सेवा प्रदायक र नियमलाई छुट्टाछुट्टै बनाउनुपर्ने बताए । नेपालमा हवाइसेवाको सुधारका लागि सरकार गम्भीर नहुने हो भने अवस्था थप जटिल हुने उनले बताए ।

त्यस्तै सांसद सुनिता बरालले पटक पटकका घटनाक्रमले अहिलेको नियमक निकायबारे सोच्न गम्भीर हुनुपर्ने अवस्था आएका उल्लेख गरिन् ।

हवाइक्षेत्रसम्बन्धी निकायलाई नीतिगत रुपमा नै ध्यानाकर्षण गराउन जरुरी देखिएको उनको भनाइ छ । बरालले सरकारले गम्भीर भएर हवाइ क्षेत्रमा आवश्यक सुधार थाल्नुपर्ने बताइन् ।

गत बुधबार सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको थियो ।

मर्मतका लागि पोखरा उड्न लागेको उक्त जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएपछि विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् । सरकारले दुर्घटनाको अध्ययन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : ०७ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन