सांसदहरूले भने- विश्वमै सुरक्षित हवाइ यातायात नेपालमा चढ्नै डरमर्दो भयो « Khabarhub

सांसदहरूले भने- विश्वमै सुरक्षित हवाइ यातायात नेपालमा चढ्नै डरमर्दो भयो


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसदहरूले नेपालमा हवाई दुर्घटना रोक्न गम्भीर भएर अध्ययनका लागि सरकारलाई सुझाव दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले नेपालमा निरन्तर हवाई दुर्घटना हुने गरेको भन्दै कमजोरी हटाउने गरी गम्भीर भएर अध्ययन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

उनीहरूले हवाइ दुर्घटना भएपछि बन्ने आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोपसमेत लगाएका छन् ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरको विमान दुर्घटनापछि बनाइएको छानबिन आयोगप्रति प्रश्न उठाए ।

उनले जहाज मर्मतमा जाँदा अन्य व्यक्तिलाई लानुपर्ने र पोखरा विमानस्थलमै जानुपर्ने कारण खोजिनुपर्ने धारणा राखे ।

सबैभन्दा सुरक्षित हवाइ उडान नेपालमा भयावह र असुरक्षित हुन थालेको भन्दै यसलाई सुरक्षित बनाउन सरकारले गम्भीर रुपमा अध्ययन गर्नुपर्ने उनले बताए ।

त्यस्तै सांसद सांसद राजेन्द्र बजगाईंले नेपालमा हवाइ सेवा प्रदायक र नियमलाई छुट्टाछुट्टै बनाउनुपर्ने बताए । नेपालमा हवाइसेवाको सुधारका लागि सरकार गम्भीर नहुने हो भने अवस्था थप जटिल हुने उनले बताए ।

त्यस्तै सांसद सुनिता बरालले पटक पटकका घटनाक्रमले अहिलेको नियमक निकायबारे सोच्न गम्भीर हुनुपर्ने अवस्था आएका उल्लेख गरिन् ।

हवाइक्षेत्रसम्बन्धी निकायलाई नीतिगत रुपमा नै ध्यानाकर्षण गराउन जरुरी देखिएको उनको भनाइ छ । बरालले सरकारले गम्भीर भएर हवाइ क्षेत्रमा आवश्यक सुधार थाल्नुपर्ने बताइन् ।

गत बुधबार सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको थियो ।

मर्मतका लागि पोखरा उड्न लागेको उक्त जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएपछि विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् । सरकारले दुर्घटनाको अध्ययन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : ०७ बजे

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर