रास्वपालाई विश्वप्रकाशको जवाफ- रविले भ्रम छरे, फाइल खोलेकै कारण सरकार ढलेको होइन « Khabarhub

रास्वपालाई विश्वप्रकाशको जवाफ- रविले भ्रम छरे, फाइल खोलेकै कारण सरकार ढलेको होइन


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने आरोप निराधार रहको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै शर्माले गृहमन्त्रालयले विभिन्न प्रकरणका फाइल खोलेको मिति प्रस्तुत गर्दै निवर्तमान गृहमन्त्री रवि लामिछानले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेकोसमेत बताए ।

लामिछाने गृहमन्त्री हुँदा हल्लामात्रै गरेको भन्दै त्यसबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाविरुद्धको फाइल खोलेको तर त्यो निराधार पुष्टि भएको दाबी गरे ।

शर्माले विभिन्न प्रकरणको अनुसन्धानलाई अघि बढाउने जिम्मेवारी नयाँ गृहमन्त्रीलाई आएको भन्दै पूर्वाग्रहमुक्त भएर अनुसन्धान गर्न सुझाव दिए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी–इस्टेट प्रकरणमा पनि छानबिन हुनुपर्ने र त्यसमा मुछिएकालाई छुट दिन नहुने उल्लेख गरेका छन् ।

सरकारलाई विभिन्न सुझाव दिँदै शर्माले सुशासनलाई पहिलो प्राथमिकता बनाएर अघि बढ्नसमेत भनेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : १३ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी