डीआईजी केसीको सरुवामा रास्वपापछि राप्रपाले पनि घेर्‍यो सरकारलाई « Khabarhub

डीआईजी केसीको सरुवामा रास्वपापछि राप्रपाले पनि घेर्‍यो सरकारलाई


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत डीआईजी मनोज केसीको दुई महिनामै भएको सरुवालाई लिएर एकपछि अर्को विपक्षी दलले सरकारलाई घेरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू हरि ढकाल र गणेश पराजुलीसहितले यस प्रकरणमा कांग्रेस-एमाले गठबन्धन सरकारलाई घेरेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मोर्चा सम्हालेको हो ।

राप्रपा सांसद धवल शमशेर जबराले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका डीआईजी केसीको २ महिनामा नै सरुवा गरिएकोबारे सरकारसँग जवाफ मागेका हुन् ।

बल्लबल्ल केही व्यक्तिहरूलई कानूनी कठघरामा ल्याइरहेको अवस्थामा २ महिनामै सरुवा गर्नुको रहस्य उनले सरकारसँग मागेका हुन् ।

‘गृहमन्त्रीज्यूले यसबारेमा जवाफ दिनुपर्यो । म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भनेर प्रधानमन्त्रीज्यूले यही सदनमा भन्नु भएको छ’, उनले भने, ‘यसबारे हामी विपक्षी बेञ्चबाट गम्भीर भएर हेरिरहेका छौँ । हामी सांसदहरू ‘वाचडग’का रुपमा सदनमा छौँ । यसबारे सरकारले गम्भीर भएर सोचोस् ।’

सरकारले दुई दिनअघि डीआईजी केसीलाई सरुवा गरेको थियो । केसीको नेतृत्वमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न बेचन झालाई पक्राउ गरिएको थियो । गृहमन्त्रालयले केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरेको छ । केसीको स्थानमा अर्का डीआईजी राजन अधिकारी आएका छन् ।

पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पनि उनकै कमान्डमा समातिएको थियो । झा र थापा पक्राउ परिसकेपछि देशको सत्ता समीकरण पनि फेरिएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : ३२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल