कृषि समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक « Khabarhub

कृषि समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा मातहतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिको निर्वाचन यही साउन १५ गते गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले समितिको रिक्त सभापतिको निर्वाचन आगामी मङ्गलबारका लागि निर्धारण गरेअनुरूप सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यक्रमअनुसार सो समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थनसहित प्रस्ताव दर्ता गर्नुपर्नेछ ।

यस कार्यका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको प्रतिनिधिसभा सचिवको कार्यकक्षमा सोमबार दिनको १ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरिएको प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीद्वारा हस्ताक्षरित निर्वाचन कार्यक्रममा उल्लेख छ ।

निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सोमबार दिनको ४ः३० बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ । समितिको मंगलबार दिउँसो ४ः ३० आरम्भ हुने बैठकमा प्रस्तावकले प्रस्तुत गरेको प्रस्तावलाई समर्थकले समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत गरिने छ ।

यसअघि समिति सभापति रहेकी नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि नयाँ सभापति चयन गर्न लागिएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ६ : ४७ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज