कृषि समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक « Khabarhub

कृषि समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संघीय संसद् सचिवालयले प्रतिनिधिसभा मातहतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिको निर्वाचन यही साउन १५ गते गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले समितिको रिक्त सभापतिको निर्वाचन आगामी मङ्गलबारका लागि निर्धारण गरेअनुरूप सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यक्रमअनुसार सो समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थनसहित प्रस्ताव दर्ता गर्नुपर्नेछ ।

यस कार्यका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको प्रतिनिधिसभा सचिवको कार्यकक्षमा सोमबार दिनको १ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरिएको प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीद्वारा हस्ताक्षरित निर्वाचन कार्यक्रममा उल्लेख छ ।

निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सोमबार दिनको ४ः३० बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ । समितिको मंगलबार दिउँसो ४ः ३० आरम्भ हुने बैठकमा प्रस्तावकले प्रस्तुत गरेको प्रस्तावलाई समर्थकले समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत गरिने छ ।

यसअघि समिति सभापति रहेकी नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि नयाँ सभापति चयन गर्न लागिएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ६ : ४७ बजे

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता