भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा छुटे « Khabarhub

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा छुटे


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार रुपैयाँ धरौटी मागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी आइबार बयान दिन पुगेका थिए ।

थुनछेक बहसका क्रममा उनीसँग ५० हजार धरौटी मागिएको हो । उनी विशेषले मागेको ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर निलम्बित मुख्यसचिव अर्याल आइतबार बयानका लागि विशेष अदालतमा उपस्थित भए थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको ३५ दिनपछि अर्याल बयान दिन विशेष अदालतमा उपस्थित भएका उनलाई धरौटीमा छाडिएको हो ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासमा उनले बयान दिएसँगै धरौटीमा छाड्न आदेश भयो ।

अर्यालमाथि निजी क्षेत्रको अन्त:शुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरकारले सरुवा गरेर राखेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ६ : ४५ बजे

निर्णायकत्व दलहरूकै हातमा ल्याउन नयाँ समझदारी आवश्यक : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णायकत्व

कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै

दोधारा चाँदनी– कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै गएको छ । कम

जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर

जनकपुरधाम– जनकपुरधाम नगरभित्र माग अनुसार खानेपानी वितरण तथा आपूर्ति नहुँदा

हामी अमेरिकी बन्न चाहँदैनौँ : ग्रीनल्याण्डका राजनीतिक दल

नूक, ग्रीनल्याण्ड- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज पदार्थको लागि धनी

कांग्रेस जिल्ला सभापतिहरू भन्छन्- विशेष महाधिवेशनको औचित्य छैन, निर्वाचनमा केन्द्रित होऔं  

काठमाडौं– नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापतिहरूले विशेष महाधिवेशनको वैधानिक औचित्य