प्रचण्डलाई नेताहरूले भने- अब जनता र आफ्नै वर्गतिर फर्किनुको विकल्प छैन « Khabarhub

प्रचण्डलाई नेताहरूले भने- अब जनता र आफ्नै वर्गतिर फर्किनुको विकल्प छैन


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को आइतबार बसेको पदाधिकारी बैठकमा अब जनतामा जानुको विकल्प नरहेको कुरा उठेको छ ।

बैठकमा सहभागी नेताहरूले अध्यक्ष एवम् भर्खरै सरकार छाडेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका हुन् ।

बैठकमा उपमहासचिव जनार्दन शर्मा प्रभाकर, गणेश शाह, हितमान शाक्य, गिरिराजमणि पोखरेल र श्रीराम ढकालले वर्तमान राजनीतिक परिस्थितिबारे बोले । उनीहरूले अब जनता र वर्गसँगको कडीलाई बलियो बनाउनुको विकल्प पार्टीलाई नरहेको सुझाव अध्यक्ष दाहाललाई दिए ।

‘परिस्थिति जटिल र पेचिलो बन्दै गएको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाल हामीमाझ असरल्ल छन् । हामीले एउटा सन्देश दिएर सरकार छाडेका हौँ’, बैठकमा नेताहरूको भनाइबारे प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘अब हामीले जनतामा जानुपर्छ । जनतामा गएर वर्गसँगको कडी फेरि बलियो बनाउनुपर्छ। जनतासँगको कडी बलियो भए पार्टी उठ्छ । हामी अब जनता र वर्गतिर फर्कनु पर्छ भन्ने धारणा नेताहरूबाट आएको छ ।’

माओवादी उपाध्यक्षसमेत रहेका सापकोटाले पार्टी अहिले ठूलो रुपान्तरणका क्रममा रहेको बताए । उनले मंगलबार पदाधिकारी बैठक सकिएपछि स्थायी कमिटी बैठक बस्ने जानकारी दिए ।

त्यसपछि केन्द्रीय समिति बैठक राखेर पार्टी जनतामाझ पुग्ने, जनताका कुरा सुन्ने र पार्टीप्रति जनताको धारणाबारे खुल्ला छलफल गर्ने तयारी रहेको सापकोटाले बताए ।

जनताबाट प्राप्त सुझावका आधारमा माओवादीले अब विचार, रणनीति र सिद्धान्त सुधार्नुपर्ने सुझाव आएको उपाध्यक्ष सापकोटाले बताएका छन् ।

‘प्रचण्ड’ नेतृत्वको निवर्तमान सरकारले सामाजिक न्याय र सुशासनका लागि चालेको कदम जनतामा पुगेको सन्देशलाई पार्टीले उपयोग गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । यससँगै कमीकमजोरी जस-अपजस सबैले बोकेर गम्भीर समीक्षा गर्नुपर्ने धारणा नेताहरूबाट आएको सापकोटाले बताएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ७ : १८ बजे

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको