कैलालीमा थप दुईजनामा हैजा पुष्टि « Khabarhub

कैलालीमा थप दुईजनामा हैजा पुष्टि


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा थप दुईजनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठका अनुसार हैजा पुष्टि हुनेमा छ र आठ वर्षका बालक छन् । योसँगै हैजा पुष्टि हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सोही पशुपति टोलका २३ र २६ वर्षीय युवतीमा हैजा पुष्टि भएको उनले जानकारी दिए ।

दुवै बालक सेती प्रादेशिक अस्पतालमा उपचार गरी सङ्क्रमणको जोखिममुक्त भएर घर फर्किएको उनले बताए । नमूना सङ्कलन गरिएका थप चार जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिएका छन् ।

सो क्षेत्रको पानीको नमुना सङ्कलन भइरहेको पनि उनले जानकारी दिएका छन् । यस सम्बन्धमा माथिल्ला निकायमा जानकारी गराइ सकिएको प्रमुख श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ३६ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा