हङकङका दुई निर्वासित अभियन्ताको पेन्सन रोक्का | Khabarhub Khabarhub

हङकङका दुई निर्वासित अभियन्ताको पेन्सन रोक्का


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वासनमा रहेका हङकङका दुई जना अभियानकर्मीको पेन्सन रोक्का भएको पाइएको छ । हाल अस्ट्रेलियामा निर्वासनमा रहेको हङकङका दुई अभियन्ताहरुको पेन्सनसँगै अन्य सम्पत्ति समेत रोक्का भएको बेलायतको द गार्जियन अखबारले जनाएको छ ।

यसअघि बेलायतको एचएसबीसी बैंकले सन् २०२० मा हङकङबाट भागेर अस्ट्रेलिया पुगेका लोकतन्त्रवादी अभियन्ता टेड हुईको सम्पत्ति रोक्का गरिदिएको थियो ।

पछिल्लो समय भने उनले पाउँदै आएको पेन्सन पनि रोक्का भएको हो । एचएसबीसी बैंकमा उनको लाखौँ हङकङ डलर बराबरको पेन्सन बचत रहेको उनको भनाइ छ ।

त्यसैगरी, नाम उल्लेख गर्न नचाहने अर्का लोकतन्त्रवादी अभियन्ताले पनि यस्तै समस्या झेल्नुपरेको द गार्जियनले उल्लेख गरेको छ । क्यानाडाको वित्तीय सेवा प्रदान गर्ने कम्पनी मानुलाइफले व्यवस्थापन गर्दै आएको पेन्सन बचतको ६ लाख डलर आफूले झिक्न नपाएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ५९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’