स्पेनिस ला लिगा : बार्सिलोनाको तेस्रो जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको तेस्रो जित


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रायो भालेकानोलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले तेस्रो जित निकालेको हो ।

बार्सिलोनाको जितमा डानी ओल्मो र पेड्रीले एक–एक गोल गरेका थिए । रायो भालेकानोका उनै लोपेजले एक गोल गरेका थिए । उनले खेलको नवौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको ६०औँ र ८२औँ मिनेटमा पेड्री र ओल्मोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

यो जितसँगै बार्सिलोना तीन खेलबाट ९ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ । रायो भालेकानो ४ अंकका साथ आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ८ : ३१ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई