अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ « Khabarhub

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी) नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आईसीसीको काठमाडौंमा सम्पन्न राष्ट्रिय समितिको विशेष साधारणसभाले श्रेष्ठलाई निर्विरोध चयन गरेको हो ।

यस्तै, साधारणसभाले पदाधिकारी र कार्यसमिति सदस्यहरुको समेत चयन गरेको छ । जस अन्तर्गत वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघसंस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुतर्फको उपाध्यक्षमा गणेश कार्की, बैंकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी चयन भएका छन् ।

यस्तै, इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा रहेका छन् ।

यसैगरी, महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा श्री रामशरण भण्डारी र रेखा घिमिरे निर्वाचित भएका छन् ।

साधारणसभाले कार्यसमिति सदस्यमा ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिन बहादुर गुरुङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईँ, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुसन कर्माचार्य, देश बन्धु बस्नेतलाई निर्वाचित गरेको छ । यसैगरी, पवित्र कुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर श्रेष्ठ, विप्लव पौडेल, दीपक कुमार श्रेष्ठ तथा पोषक राज पौडेल पनि चयन भएका छन् ।

साधारणसभामा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि सरकार, रोजगारदाता, बैंक, वित्तीय क्षेत्र, कानून निर्माता तथा विभिन्न व्यावसायिक संघ–संस्थाहरुसँग मिलेर काम गर्ने बताए ।

उनले सबैका लागि शान्ति, समृद्धि र अवसरलाई बढावा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढावा दिएर हरेक दिन हरेक व्यवसाय र क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आईसीसीको मुख्य उद्देश्य रहेको बताए ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  १२ : ३५ बजे

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,