अग्नि सापकोटाविरुद्धको मुद्दामा फैसला सुनाइँदै | Khabarhub Khabarhub

अग्नि सापकोटाविरुद्धको मुद्दामा फैसला सुनाइँदै


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ ।

बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा निर्णय सुनाउन लागेको हो ।  सापकोटाविरुद्ध रहेको उक्त मुद्दामा सर्दै आएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा मुद्दा सुनुवाइ भएको थियो ।

लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । त्यति बेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा रहेकाले हत्यामा उनीहरूको संलग्नता रहेको भन्दै पीडित परिवारले मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १ : ०७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’