एन्फा महासचिवले दुई लाख ७० हजार तलब बुझ्दा खेलाडीलाई ३० हजार मात्रै « Khabarhub

एन्फा महासचिवले दुई लाख ७० हजार तलब बुझ्दा खेलाडीलाई ३० हजार मात्रै


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ ।

खेलाडीको तलब १८ हजारबाट बढाएर ३० हजार गरेको एन्फाले महासचिवको तलब भने एक लाख २० हजारबाट बढाएर करिब २ लाख ७० हजार पुर्‍याएपछि आलोचना भएको हो ।

अध्यक्ष पंकज नेम्वाङले पेश गरेको प्रस्ताव नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महासचिवको तलब दुई हजार अमेरिकी डलर पुर्‍याउने उल्लेख गरेका थिए । बैठकमा असन्तुष्टि भए पनि यो प्रस्ताव बहुमतले पारित गरेको छ ।

बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १ : ४८ बजे

संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको

गोदाममा ग्यास, सडकमा लाइन : आखिर समस्या कहाँ छ ?

काठमाडौं- सरकारी निकायले खाना पकाउने ग्यास पर्याप्त छ भनेको साता

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच