काठमाडौं– तिहार लक्षित गरी अर्थात् कात्तिक १५ बाट अहिलेका चल्तीका दुई नायक प्रदीप खड्का र पल शाहले हलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
पलको शीर्ष भूमिका रहेको फिल्म ‘मायावी’ र प्रदीपको ‘एक्टर’ एकसाथ हलमा लाग्ने भएको हो ।
निर्माण पक्षले बुधबार मात्रै फिल्म ‘मायावी’को प्रदर्शन मिति कात्तिक १५ लाई तय गरेको जानकारी दिएको हो । अर्थात् मायावी पक्ष नै हलमा प्रतिस्पर्धा गर्न अग्रसर भएको देखिन्छ ।
निर्देशक दिवाकर भट्टराइ भन्छन्, ‘बिदाको समय पारेर फिल्म प्रदर्शन गर्न लागिएको हो ।’ मायावीमा पल र नायिक दीपिका प्रसाईं शीर्ष भूमिकामा छन् ।
गत वैशाखमा छायांकनमा निस्कदै ‘एक्टर’को प्रदर्शन मिति तोकिएको थियो । नायक राजबल्लभको कमब्याक रहने भएकाले सो फिल्मले सुरुवातदेखि नै चर्चा कमाएको छ ।
यसमा प्रदीपसहित नायक राजबल्लभ कोइराला र नायिका आना शर्मा, दिव्या रायमाझीको शीर्ष भूमिका रहेको बताइएको छ ।
एक्टरको निर्देशक राजन भुसाल हुन् ।
प्रतिक्रिया