सरकारले तत्काल साझा न्यूनतम कार्यक्रम ल्याओस् : सांसद केसी « Khabarhub

सरकारले तत्काल साझा न्यूनतम कार्यक्रम ल्याओस् : सांसद केसी


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अहिलेको एमाले–कांग्रेसको संयुक्त सरकारले तत्कालै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै केसीले अहिलेको गठबन्धन सरकारले गरेको सहमतिको पात्र आफू रहे पनि अहिलेसम्म साझा न्यूनतम कार्यक्रम सार्वजनिक नहुनु राम्रो कुरा नभएकाले तत्काल सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

जनतामा देखिएको निराशा चिर्न र अविश्वासलाई विश्वासमा बदल्नका लागि पनि सुशासनको प्रतिबद्धता सहित साझा कार्यक्रम आउनुपर्ने उनको भनाइ छ ।

केसीले अहिलेको सरकार असफल भए समग्र व्यवस्था असफल हुने भन्दै व्यवहारमा दुई दलले सुशासनका लागि काम गर्नुपर्नेमा जोड दिए ।

उनले चर्चित भ्रष्टाचार काण्डको राष्ट्रिय रूपमा छानबिनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गर्न सुझाव दिए ।

निष्पक्ष काम गर्ने आयोग बनाउने कुरा अहिलेको राष्ट्रिय आवश्यकता भएको उनको भनाइ छ । उनले भ्रष्टाचारमा पाँच वर्षको हदम्याद राखिएकोमा आपत्ति जनाउँदै यस्तो प्रावधानसहितको विधेयक फिर्ता गरिनुपर्ने बताए  ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ३ : ०४ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन