सरकारले तत्काल साझा न्यूनतम कार्यक्रम ल्याओस् : सांसद केसी « Khabarhub

सरकारले तत्काल साझा न्यूनतम कार्यक्रम ल्याओस् : सांसद केसी


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अहिलेको एमाले–कांग्रेसको संयुक्त सरकारले तत्कालै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै केसीले अहिलेको गठबन्धन सरकारले गरेको सहमतिको पात्र आफू रहे पनि अहिलेसम्म साझा न्यूनतम कार्यक्रम सार्वजनिक नहुनु राम्रो कुरा नभएकाले तत्काल सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

जनतामा देखिएको निराशा चिर्न र अविश्वासलाई विश्वासमा बदल्नका लागि पनि सुशासनको प्रतिबद्धता सहित साझा कार्यक्रम आउनुपर्ने उनको भनाइ छ ।

केसीले अहिलेको सरकार असफल भए समग्र व्यवस्था असफल हुने भन्दै व्यवहारमा दुई दलले सुशासनका लागि काम गर्नुपर्नेमा जोड दिए ।

उनले चर्चित भ्रष्टाचार काण्डको राष्ट्रिय रूपमा छानबिनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गर्न सुझाव दिए ।

निष्पक्ष काम गर्ने आयोग बनाउने कुरा अहिलेको राष्ट्रिय आवश्यकता भएको उनको भनाइ छ । उनले भ्रष्टाचारमा पाँच वर्षको हदम्याद राखिएकोमा आपत्ति जनाउँदै यस्तो प्रावधानसहितको विधेयक फिर्ता गरिनुपर्ने बताए  ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ३ : ०४ बजे

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत