टुँडिखेलमा ओलीविरुद्ध नारा लगाएपछि वाईसीएल नेताले फेसबुकमा सजाए बालेनको फोटो ! « Khabarhub

टुँडिखेलमा ओलीविरुद्ध नारा लगाएपछि वाईसीएल नेताले फेसबुकमा सजाए बालेनको फोटो !


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको टुँडिखेलमा यही सोमबार आयोजित गौरा पर्वको शुभकामना कार्यक्रममा नाराबाजी गरेको अभियोगमा पक्राउ परेका एक जना नेकपा माओवादी केन्द्रनिकट वाईसीएल कार्यकर्ता रहेको खुलेको छ ।

प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रसंशा)ले गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्दसहित नारा गर्ने समूहको नेतृत्व गरेका ती वाईसीएल नेतालाई प्रहरीले हिरासतमा लिइसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध पनि त्यस दिन नाराबाजी भएको थियो ।

प्रहरीले उक्त प्रकरणमा सुदूरपश्चिमको पर्व मनाउन आयोजित कार्यक्रम बिथोल्न खोजेको अभियोगमा सुर्खेतका गोपीकृष्ण जैशी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ती दुवै जना युवालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

टुँडिखेलको गौरा पर्व कार्यक्रममा प्रमुख अतिथि ओली र विशिष्ट अतिथि देउवाविरुद्ध चर्का नारा लगाएका थिए । उनीहरूले प्रधानमन्त्री ओलीलाई चोरको संज्ञा दिँदै देश छोड्न पनि चेतावनी दिएका थिए ।

दुवै नेताविरुद्ध ‘मुर्दावाद’सहित आपत्तिजनक नारा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । आपत्तिजनक नारासहित विरोध गरिएपछि दुवै नेताले त्यस दिन छोटो भाषण गरे । देउवाले त मञ्चबाटै नाराबाजी गर्नेलाई अराजकको संज्ञा दिएर आक्रोश पनि पोखे । ओलीले भने युवाहरूमा संस्कृति विरोधी गतिविधि बढेको गुनासो मात्रै गरे ।

त्यस दिन आपत्तिजनक नारासहित विरोधमा उत्रिएका युवालाई उनै गोपीकृष्ण जैशीले नेतृत्व गरेको प्रहरीले जनाएको छ । सबैभन्दा अगाडि रहेका उनले त्यहीँ युट्युबरलाई बाइट दिँदै यस्ता नेतालाई देशबाट लखेट्ने पनि बताएका थिए ।

उनी प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रनिकट वाइसीएल कार्यकर्ता रहेका खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकारीले त्यस दिन दुई नेता सहभागी कार्यक्रम नै बिथोल्ने योजना उनीहरूले बनाएको बताए ।

ओली र देउवाविरुद्ध आपत्तिजनक नारासहित हुलहुज्जतमा सहभागी जैसीले त्यसपछि अनौठो हर्कत गरेको खुलेको छ । ओली र देउवाविरुद्ध नाराबाजी गर्नुअघिसम्म उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको फोटो फेसबुकमा रंग्याएका थिए । जहाँ उनले माओवादीका पूर्वघटकहरू सबै मिल्नुपर्नेसहितका विचार राख्दै आएका थिए ।

तर सोमबार ओली र देउवाविरुद्ध चर्को नारा लगाएपछि जैसीले आफ्नो फेसबुक कभरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको फोटो राखेका छन् । उनले बालेनको फोटो राखिसकेपछि अनौठो तर्क पनि गरेका छन् । जैशीले कुनै बेला बालेन माओवादी कार्यकर्ता नै रहेको जिकिर पनि गरेका छन् ।

तर टुँडिखेलमा दुई सत्तारुढ नेताको चर्को विरोध गर्नुअघि उनले माओवादी उपाध्यक्ष पम्फा भुसालसँगको फोटो कभरमा सजाएका थिए । उनले आफूलाई माओवादी कार्यकर्ताका रूपमा चिनाउँदै विभिन्न विचार र फोटो राख्दै आएको भेटिएको छ ।

जोशीले ‘सबै टुटफुट माओवादी एक हुने बेला आएको छ’ भन्ने सन्देशसहित माओवादी अध्यक्ष प्रचण्ड, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, डाक्टर बाबुराम भट्टराई र धर्मेन्द्र बाँस्तोलाको फोटोसमेत फेसबुकमा राखेका भेटिएको ।

उनै जैसीले गौरा कार्यक्रममा नाराबाजीपछि काठमाडौं महानगरपालिकाका मेयरलाई समर्थन गर्दे उनकै फोटो राखेका छन् । जहाँ उनले अब नयाँ विकल्प चाहिएको भन्दै कमेन्टमा जवाफ पनि दिएका छन् ।

सोमबार नै जैशीले आफ्नो फेसबुक पेजबाट लाइभसमेत गरेको प्रहरीले भेट्टाएको छ । ओली र देउवाको विरोध गरिएको ठाउँबाटै उनले ‘बालेन साह हाईहाई’ जस्ता नारा लगाएको भिडियो पनि भेटिएको हो ।

यो भिडियोका आधारमा माओवादी कार्यकर्ता जैसीले गौराको कार्यक्रम बिथोल्ने नाममा बालेन्द्र साहलाई बदनाम गर्ने कोसिस भएको निष्कर्ष निकालेको छ । तर यसबारेमा मेयर बालेन्द्रको तर्फबाट केही धारणा आएको छैन ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ४ : ४१ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना