दुधमती नदीको सीमा निर्धारण र उत्खनन गरिने « Khabarhub

दुधमती नदीको सीमा निर्धारण र उत्खनन गरिने


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– ऐतिहासिक तथा धार्मिक महत्त्वको दुधमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन गरिने भएको छ ।

अहिले नदीको केही भाग डम्पिङ साइट बनेको छ । केही भागको जग्गा अतिक्रमण भएको छ । नदीको अस्तित्व नै धरापमा पुगेपछि सीमा निर्धारण तथा उत्खनन गर्न मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चासो देखाएका छन् ।

मुख्यमन्त्री सिंहको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय बैठकले ०२४/२०२६ मा भएको नापीका आधारमा दुधमती नदीको सीमा यकिन र सो कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्ने निर्णय गरेको छ ।

बैठकले दुधमती नदीको सीमा यकिन भएपछि अतिक्रमणका विषयमा जानकारी हुने र त्यसआधारमा नदीको बहाव क्षेत्र खाली गराउने निर्णय गरेको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।

बैठकमा ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरीका नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, सडक डिभिजन कार्यालय जनकपुरका डिभिजन प्रमुख दिपककुमार झा, धनुषाका प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौला, धनुषाका नापी अधिकृत कामेश्वर राउतलगायत सहभागी रहेका थिए ।

बैठकअघि मुख्यमन्त्री सिंह दुधमती नदीको बहाव क्षेत्र अतिक्रमणलगायतका स्थितिबारे जानकारी लिन स्थलगत अनुगमन गरे । अनुगमनमा सरकारी अधिकारीहरू र सरोकारवाला निकायका प्रतिनिधिहरू समेत सम्मिलित थिए  ।

उनीहरू दुधमती पोखरीसंगै दक्षिणी भूभाग बनिनियाँसम्मको नदी अवलोकन गरेका छन् । अनुमानपछि मुख्यमन्त्री सिंहले भने, ‘लक्ष्मीनियाँ गाउँपालिका ३ स्थित बनिनियाँभन्दा उत्तर उद्गमस्थलसम्म नदीको बहावक्षेत्र नै अतिक्रमित छ । त्यस क्षेत्रमा खेतमुनि भएर पानी बग्ने गरेको छ ।’

दुधमती नदीमा धार्मिक तथा पौराणिक ग्रन्थमा समेत उल्लेखित पवित्र नदी मानिन्छ । श्रीपञ्चमीका दिन नदीको उद्गम स्थलमा ठूलो मेला लाग्ने गर्दछ ।धार्मिकशास्त्र अनुसार गंगा, सरयुग-जमुना झैं दुधमती नदीको धार्मिक महत्त्व एवम् मान्यता छ ।

मिथिलाका राजा जनककी छोरी सीताको जीवनसँग जोडिएको हुँदा दुधमती नदीको छुट्टै महत्त्व छ । राजा जनकले सीतालाई दूध खुवाउन कामधेनु गाई नै मगाएका थिए ।

बाल्यकालमा सीताले कामधेनु गाईको दूध खाने क्रममा मुखबाट झरेको दूधको फिँजले दुधमती नदीको उत्पत्ति भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ५ : २९ बजे

प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी