पुरानो रिसइबीले शंखमूलमा पुल हाउस सञ्चालकको हत्या, बाराका एमकेकुमार पक्राउ | Khabarhub Khabarhub

पुरानो रिसइबीले शंखमूलमा पुल हाउस सञ्चालकको हत्या, बाराका एमकेकुमार पक्राउ


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका-१० शंखमूल साईबाबा पार्कस्थित पुल हाउसका सञ्चालक रूपक बान्तवाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

प्रहरीले शंखमूल नै बस्दै आएका बाराको सिम्रौनगढ नगरपालिका-७ निवासी २२ वर्षीय एमके कुमारलाई बुधबार बिहान पक्राउ गरेको हो ।

कुमारले सोमबार बिहान रड प्रहार गर्दा गम्भीर घाइते भएका रूपकको निजामती अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कुमारलाई उनकै कोठाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बुधबार बिहान सवा १० बजे उनलाई पक्राउ गरिएको बताए । अधिकारीका अनुसार पुरानो रिसइबीका कारण रडले हानेर बान्तावाको हत्या गरेको खुलेको छ ।

प्रहरीले उनलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वरमा राखेको छ। घटनामा प्रयोग भएको रड र मृतकको चेक, चस्मा, झोला र लुगा पनि बरामद भइसकेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ६ : ०२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’