घुम्न आएका भारतीयलाई कीर्तिपुर लगेर लुटपाट, समातिए काभ्रेका दुई युवा « Khabarhub

घुम्न आएका भारतीयलाई कीर्तिपुर लगेर लुटपाट, समातिए काभ्रेका दुई युवा


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना भारतीय नागरिकलाई लुटपाटमा संलग्न भएको अभियोगमा प्रहरीले दुईजना युवालाई पक्राउ गरेकोछ ।

नेपाल घुम्न आएका भारतीय नागरिक सुधीर मुहरालाई गत भदौ ४ गते दिउँसो ठमेलबाट कीर्तिपुर लगेर लुटपाट गरेको अभयवऊमा काभ्रेको धुलिखेल नगरपालिका-१० निवासी ३४ वर्षीय विकास बस्नेत र काभ्रेकै नमोबुद्ध नगरपालिका-११ घर भई डल्लु बस्ने ३९ वर्षीय सञ्जीव मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

हाल ढुङ्गेअड्डा बस्ने विकाससहितले ती भारतीय नागरिकलाई कीर्तिपुरको ट्याङ्गलाफाँट घुम्न जाने भनेर ट्याक्सीमा राखेका थिए । त्यसपछि उनलाई कीर्तिपुरस्थित कोठामा पुर्‍याई ती भारतीयको भएको साथमा रहेको नगद र ल्याप्टपसहितका सामान लुटिएको थियो ।

उक्त घटनामा संलग्न भएको अभियोगमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुको टोलीले दुवैजनालाई मंगलबार कीर्तिपुरबाट पक्राउ गरिएको प्रवक्ता एवम् एसपी काजीकुमार आचार्यले बताए । उनीहरू दुवैलाई थप कारबाहीका लागि कीर्तिपुर बृत्त पठाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ७ : ४४ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको