संविधान दिवसलाई जनतासँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

संविधान दिवसलाई जनतासँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेश सरकारले यसपटकको संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसमा भव्य रूपमा मनाउने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले मुख्यमन्त्रीको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश मूल समारोह समिति गठन गर्दै यही असोज २, ३ र ४ गते दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसपटकको संविधान दिवस भव्य र सिर्जनात्मक बनाउनेगरी तयारी थालिएको बताए । उनले संविधान दिवसलाई जनतासँग जोड्न सबै जातजाति धर्मसंस्कृति मान्ने सबैको सहभागिता हुनेगरी दिवस मनाइने जानकारी दिए ।

उनले भने, “हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताको उजागर हुने र अपनत्व हुनेगरी दिवसको तयारी छ ।”

यसपटकको संविधान दिवस असोज ३ गते बिहान प्रभातफेरीमा प्रतियोगितात्मक विभिन्न जातजातिका झाँकी प्रदर्शनी, वक्तृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिताको आयोजना गर्ने मूल आयोजक समितिले औपचारिक कार्यक्रम गर्ने तयारी छ ।

असोज २ गतेदेखि ४ गतेसम्म तीन दिनसम्म मनाइने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रम सञ्चालन गर्नुका साथै रक्तदान, वृक्षरोपण, घरआँगन सरफाइ, अस्पतालमा बिरामीलाई फलफूल वितरण, साँझ घरघर र कार्यालयमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा प्रदेशका मन्त्री, प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिव, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा राष्ट्रसेवक कर्मचारी तथा पत्रकारको सहभागिता थियो ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ११ : ०१ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ