पाकिस्तानबाट बहुराष्ट्रिय कम्पनी पलायन हुँदै « Khabarhub

पाकिस्तानबाट बहुराष्ट्रिय कम्पनी पलायन हुँदै


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानबाट बहुराष्ट्रिय कम्पनीहरु पलायन हुन थालेको पाइएको छ । पाकिस्तान व्यापार परिषदले अरु धेरै बहुराष्ट्रिय कम्पनीहरु बाहिरिने योजनामा रहेको चेतावनी दिएको छ ।

अहिले धेरै पाकिस्तानी कम्पनीहरु दुबई तिर सर्न थालेका छन् । दुबई चेम्बर अफ कमर्शका अनुसार वर्ष सन् २०२४ को पहिलो६ महिनामा त्यहाँ ३ हजार ९ सय ६८ पाकिस्तानी कम्पनी दर्ताभएका छन् । जुन सन् २०२३ को सोही अवधिको तुलनामा १७प्रतिशत धेरै हो ।

यसलाई पाकिस्तान सरकारको आर्थिक नीतिप्रति घट्दोअविश्वासका रुपमा हेरिएको छ । पाकिस्तानमा व्यापार गर्नलागत बढ्नु, शान्ति सुरक्षाको अवस्था खराब बन्दै जानु, राजनीतिक अनिश्चितता, विद्युत महशुलको वृद्धि जस्ता कारण त्यहाँबाट कम्पनीहरु बाहिरिन थालेको व्यापार परिषदले जनाएको छ ।

यसबाट बेरोजगारी, निर्यात आयमा गिरावट रसमग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने परिषदको ठहर छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ११ : ०७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका