कोशी नदी १० र बागमती ६ स्टेशनमा खतराको तहमाथि « Khabarhub

बाढी

कोशी नदी १० र बागमती ६ स्टेशनमा खतराको तहमाथि


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुन उत्तरार्धमा परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोका कारण देशका विभिन्न २० स्थानमा नदीहरूले खतराको तह पार गरेका छन्‌ । १३ स्थानमा नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ ।

देशको सबैभन्दा ठूलो कोशी नदी यतिखेर विभिन्न १० स्थानमा खतराको तहमाथि पुगेको छ । यसको सहायक नदी अरूणले सिम्ले स्टेशन, भोटेकोशीले बाह्रबिसे स्टेशन, बलेफीले जलबिरे स्टेशन, मेलम्चीले नाकोटे स्टेशन, सुनकोशीले खुर्कोट र हेम्पाचौर स्टेशन, तमोरले माछीछार, मुलघाट र त्रिवेणी स्टेशन तथा सप्तकोशीले चतरा स्टेशनमा खतरा तह पार गरेको हो । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका भएर बग्ने बागमती नदीले मात्रै यतिखेर विभिन्न ६ स्थानमा खतरा तह पार गरिसकेको छ । बागमतीको सहायक खोला मनोहराले बालकुमारी, हनुमन्ते खोलाले जगाती र कौशलटार तथा बागमतीले गौरीघाट, खोकना र कर्मैयामा खतरा तह पार गरेको हो ।

नारायणी नदीले देवघाट र यसको सहायक नदी पूर्वी राप्तीले रजैयामा खतरा तह पार गरेको छ । सुनसरीको बुढी खोला दुहवी स्टेशननजिक  खतरा तह नाघेर बगिरहेको छ ।

यतिखेर नारायणी र यसका सहायक नदीले चार, बागमतीले तीन र कोशीले दुई स्थानमा सतर्कता तह पार गरेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : २३ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी