श्रीलंकामा दिसानायकेले राष्ट्रपतिको शपथ लिँदै गर्दा नेपाल छिरेका राजापाक्षे लुम्बिनी पुगे « Khabarhub

श्रीलंकामा दिसानायकेले राष्ट्रपतिको शपथ लिँदै गर्दा नेपाल छिरेका राजापाक्षे लुम्बिनी पुगे


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै गत असोज ७ गते काठमाडौं आइपुगेका श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति गोटाबाया राजपक्षे शुक्रबार लुम्बिनी पुगेका छन् ।

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । शुक्रबार गौतमबुद्धको जन्मभूमि लुम्बिनी पुगेका उनलाई कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरे ।

भेटमा उपाध्यक्ष डा. लामाले श्रीलङ्कासँग नेपालको सम्बन्ध निकै पुरानो रहेको स्मरण गर्दै बुद्धजन्मस्थल लुम्बिनीले उक्त सम्बन्ध थप प्रगाढ बनाएको बताए ।

डा. लामाले लुम्बिनी क्षेत्रमा शाक्यमुनि बुद्धसँगै कक्रुछन्द र कनकमणि गरी तीनवटा बुद्धको जन्म भएकाले निकै महत्वपूर्ण स्थल रहेको उल्लेख गरेका छन् ।

उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुनुपर्नेमा जोड दिए । ्

त्यसअवसरमा पूर्वराष्ट्रपति राजापाक्षेसँगै नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पाथिराना पनि थिए।

पूर्वराष्ट्रपति राजापाक्षेत्रलाई कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, वरिष्ठ निर्देशक ज्ञानिन राईलगायतका कर्मचारीहरूले स्वागत गरे ।

वरिष्ठ निर्देशक ज्ञानिन राईले श्रीलङ्कन मन्दिरको पुनःनिर्माणका लागि अनुरोध गरे । स्वागत कार्यक्रमपछि पूर्वराष्ट्रपति राजापाक्षेले मायादेवी भ्रमण गरे । पूर्वराष्ट्रपतिले महत्वका साथ मायादेवी भ्रमण गर्नुभएको सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले बताए ।

परिवारसहित नेपाल आएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन पनि गरे । उनले बुद्धजन्मस्थल लुम्बिनीमा पाइला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धि भएको बताए । राजापाक्षेले मायादेवी मन्दिर, जन्मस्मारक शिला, मायादेवी मूर्ति, पुष्पकरणी पोखरी, अशोकस्तम्भबारे पनि जानकारी लिए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : ०० बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही