समाचार

मनोहराले बगाएर ल्यायो ग्यास बुलेट, लिकेजपछि च्यासल क्षेत्रमा त्रास

By खबरहब

September 28, 2024

काठमाडौं– मनोहरा खोलाले ग्यास बुलेट बगाएको छ । बाढीले बगाएर ल्याएको उक्त बुलेटबाट ग्यास चुहिएको पाइएको छ ।

ग्यास चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीय त्रसित बनेका छन् । अहिले च्यासल क्षेत्रमा ग्यासको कडा गन्ध आइरहेको स्थानीयले बताएका छन् ।

बगेको बुलेट अहिले च्यासलस्थित एमाले केन्द्रीय कार्यालय नजिकैको पुलमा अड्किएको छ । यो पुलले काठमाडौंको दोभान क्षेत्र र ललितपुरको च्यासललाई जोड्छ ।

प्रहरीले ग्यास बुलेट कहाँबाट बगाएर ल्याएको खुलिनसकेको जनाएको छ ।