देश/प्रदेश

बीपी राजमार्ग अवरुद्ध, मूलकोट रिसोर्ट र खुर्कोट बसपार्क डुबानमा

By खबरहब

September 28, 2024

काठमाडौं– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको मूलकोटका रिसोर्टहरू डुबानमा परेका छन् । सुनकोशी नदीमा आएको बाढीले खुर्कोट बजारको बसपार्क समेत डुबानमा पारेको छ ।

वर्षा निरन्तर जारी रहेकोले सुनकोसी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।

यसैबीच, रोशी खोलामा आएको बाढीले सोही राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ ।

नेपालथोकको प्रहरी चौकी नजिकै सडक बगाएपछि नेपालथोक–मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

दुम्जाको कुशेश्वर महादेव मन्दिर नजिकै खोला किनारमा रहेका थुप्रै टहरा र एउटा पक्की घर समेत बगाएको प्रहरीले जनाएको छ ।