वर्षाले काठमाडौंसहितका विभिन्न सडकमा सवारी आवागमन प्रभावित | Khabarhub Khabarhub

वर्षाले काठमाडौंसहितका विभिन्न सडकमा सवारी आवागमन प्रभावित


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदीनाला आसपासका सडक तथा केही  मुख्य सडकखण्डको सवारी आवागमन प्रभावित भएको छ । जसअन्तर्गत तीनकुने, गैरीगाउँ वरिपरी, युएनपुल, टेकु स्थित विष्णुमती करिडोरको बाटो, माइतीघर, नयाँबाटो, ग्वार्को, ईमाडोल  सडकखण्ड, परोपकार, सानेपा, कालोपुल, बल्खुपुल सडकखण्डको सवारी आवागमनमा  प्रभाव परेको हो ।

पहिरोका कारण विभिन्न नाका हुँदै सञ्चालन हुने सवारी साधन पनि  चल्न सकेका छैनन् । नागढुङ्गा–नौबिसे, फर्पिङ, भीमढुङ्गा, धर्मस्थली, तिनपिप्लेकान्तीलोकपथमा सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

पानीको बहाव बढेकाले बनेपा बजार  हुँदै चल्ने सवारी साधन पनि चल्न सकेका छैनन् । निरन्तर वर्षा भइरहेकाले सुरक्षालाई मध्यनजर गरि अत्यावश्यक काम  बाहेक  यात्रा  नगर्न  सम्पूर्ण सडक प्रयोग कर्तालाई ट्राफिक प्रहरीले अनुरोध  समेत गरेको छ ।

बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनले पनि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ५० बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको