वर्षाले काठमाडौंसहितका विभिन्न सडकमा सवारी आवागमन प्रभावित « Khabarhub

वर्षाले काठमाडौंसहितका विभिन्न सडकमा सवारी आवागमन प्रभावित


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदीनाला आसपासका सडक तथा केही  मुख्य सडकखण्डको सवारी आवागमन प्रभावित भएको छ । जसअन्तर्गत तीनकुने, गैरीगाउँ वरिपरी, युएनपुल, टेकु स्थित विष्णुमती करिडोरको बाटो, माइतीघर, नयाँबाटो, ग्वार्को, ईमाडोल  सडकखण्ड, परोपकार, सानेपा, कालोपुल, बल्खुपुल सडकखण्डको सवारी आवागमनमा  प्रभाव परेको हो ।

पहिरोका कारण विभिन्न नाका हुँदै सञ्चालन हुने सवारी साधन पनि  चल्न सकेका छैनन् । नागढुङ्गा–नौबिसे, फर्पिङ, भीमढुङ्गा, धर्मस्थली, तिनपिप्लेकान्तीलोकपथमा सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

पानीको बहाव बढेकाले बनेपा बजार  हुँदै चल्ने सवारी साधन पनि चल्न सकेका छैनन् । निरन्तर वर्षा भइरहेकाले सुरक्षालाई मध्यनजर गरि अत्यावश्यक काम  बाहेक  यात्रा  नगर्न  सम्पूर्ण सडक प्रयोग कर्तालाई ट्राफिक प्रहरीले अनुरोध  समेत गरेको छ ।

बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनले पनि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ५० बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा