सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, दुवैतर्फ रातो बत्तीको संकेत « Khabarhub

सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, दुवैतर्फ रातो बत्तीको संकेत


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

सुनसरी– निरन्तरको वर्षाले सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन् ।  पानीको सतह र बहाव बढेपछि ब्यारेजको दुवैतर्फ रातो बत्ती बालेर खतराको संकेत दिइएको छ ।

सुनसरीका प्रमुख  जिल्ला अधिकारी रामप्रसाद तिवारीकाअनुसार शनिबार बिहान साढे आठ बजेको मापनअनुसार कोशीमा पानीको बहाव ४ लाख १८ हजार २ सय ८५ क्युसेक प्रतिसेकेण्ड  पुगेको छ ।

शनिबार बिहान ७ बजे ३ लाख ८१ हजार ८ सय १० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । त्यसबेला ५० वटा ढोका मात्र खोलिएको थियो । एक घण्टा नबित्दै कोशीमा पानीको सतह र बहाव बढेको हो ।

पानीको बहाव बढेसँगै पूर्वी र पश्चिमी तटीय क्षेत्र आसापासका बासिन्दाहरू त्रसित भएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ११ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित