देश/प्रदेश

सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, दुवैतर्फ रातो बत्तीको संकेत

By खबरहब

September 28, 2024

सुनसरी– निरन्तरको वर्षाले सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन् ।  पानीको सतह र बहाव बढेपछि ब्यारेजको दुवैतर्फ रातो बत्ती बालेर खतराको संकेत दिइएको छ ।

सुनसरीका प्रमुख  जिल्ला अधिकारी रामप्रसाद तिवारीकाअनुसार शनिबार बिहान साढे आठ बजेको मापनअनुसार कोशीमा पानीको बहाव ४ लाख १८ हजार २ सय ८५ क्युसेक प्रतिसेकेण्ड  पुगेको छ ।

शनिबार बिहान ७ बजे ३ लाख ८१ हजार ८ सय १० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । त्यसबेला ५० वटा ढोका मात्र खोलिएको थियो । एक घण्टा नबित्दै कोशीमा पानीको सतह र बहाव बढेको हो ।

पानीको बहाव बढेसँगै पूर्वी र पश्चिमी तटीय क्षेत्र आसापासका बासिन्दाहरू त्रसित भएका छन् ।