विपद व्यवस्थापनका लागि तीनसय नगर प्रहरी परिचालन | Khabarhub Khabarhub

विपद व्यवस्थापनका लागि तीनसय नगर प्रहरी परिचालन


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले लगातारको वर्षापछि विभिन्न नदीहरूमा आएको बाढी र डुबानबाट सिर्जना भएको विपद् व्यवस्थापनका लागि तीन सयजना नगर प्रहरी परिचालन गरेको छ ।

महानगरपालिकाले विपद्का कारण जोखिममा परेका महानगरपालिका क्षेत्रका स्थानीयको उद्धारका लागि तीन सयजना नगर प्रहरीलाई १७ वटा टोली बनाएर परिचालन गरेको हो ।

निरन्तर वर्षाका कारण काठमाडौंमा सिर्जना भएको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ टोलीमा अधिकृत र जवान गरी ३ सय जना  परिचालन गरिएको महानगर प्रमुख बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार नगर प्रहरीका टोलीहरू डुवान भएका बस्ती, नदी किनारा, रूख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका छन् ।

सचिवालयले वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको जनाएको छ ।

जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाले हट लाइनहरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन आग्रह गरेको छ ।

साथै आपतकालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गर्न समेत महानगरले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : ०२ बजे

चिनियाँ जहाजलाई इण्डोनेशियाले फिर्ता पठायो

काठमाडौँ– इण्डोनेशियाले दक्षिण चीन सागरको विवादित जलक्षेत्रबाट चिनियाँ तटरक्षक जहाजलाई

छठका लागि सजाइँदै जनकपुरधामका तलाउ (तस्बिरहरू)

जनकपुरधाम– उल्लासपूर्वक मनाइने महान् पर्व छठको तयारी तीव्रगतिमा गरिँदै छ

१५ नेपालीको कलेजो चिर्ने डाक्टर : सेनामा फेल, सर्जरीमा सफल

काठमाडौं- बाल्यकाल सम्झँदा उनी आमाबुवाबिनै बिताएका अँध्यारा दिन अनि रात

पाकिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या ४३ पुग्यो

काठमाडौँ– पाकिस्तानमा यस वर्ष पोलियो सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ

रविबारे तोसिमाको प्रश्न : पर्याप्त‌ बयान नलिने, म्याद‌ थपिरहने ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गत