सबै मिलेर विपत्तिको सामना गरौँ : प्रधानमन्त्री | Khabarhub Khabarhub

सबै मिलेर विपत्तिको सामना गरौँ : प्रधानमन्त्री


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोको विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर सामना गर्न सबैमा आह्वान गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा भएको अविरल वर्षाले निम्त्याएको विपदप्रति दुःख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह गरेका हुन् ।

उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गर्न र बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर रहन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘आज पनि देशैभर अविरल वर्षा भइरहेको छ। बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन्। अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको छ। केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउनु होला । मौसमविद्हरूका अनुसार आज पनि वर्षा हुनेछ। उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौँ, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं। विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौँ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : १८ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित