सबै मिलेर विपत्तिको सामना गरौँ : प्रधानमन्त्री « Khabarhub

सबै मिलेर विपत्तिको सामना गरौँ : प्रधानमन्त्री


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोको विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर सामना गर्न सबैमा आह्वान गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा भएको अविरल वर्षाले निम्त्याएको विपदप्रति दुःख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह गरेका हुन् ।

उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गर्न र बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर रहन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘आज पनि देशैभर अविरल वर्षा भइरहेको छ। बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन्। अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको छ। केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउनु होला । मौसमविद्हरूका अनुसार आज पनि वर्षा हुनेछ। उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौँ, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं। विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौँ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : १८ बजे

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई

ओमान- ओमानको समुद्री क्षेत्रमा एमटी मेरिवेक्स नामक तेल ट्यांकरमा भएको

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर– भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको

हर्मुजनजिकै खस्यो अमेरिकी हेलिकप्टर, दुवैजना पाइलट बाँच्न सफल

तेहरान- हर्मुज स्ट्रेटनजिकै सोमबार अमेरिकी सेनाको एक एएच-६४ अपाचे हेलिकप्टर

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी– बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै 

सांसदले मौनधारण गरेपछि सभामुखको गुनासो : यसरी त सभाकै अपमान भयो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूले सभाको अपमान गरेको भन्दै