न्युजिल्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा | Khabarhub Khabarhub

न्युजिल्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं न्युजिल्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा परेको छ । टेस्टको तेस्रो दिन न्युजिल्याण्ड आफ्नो पहिलो इनिङ्गमा केवल ८८ रनमा अल आउट भएपछि फलोअनमा परेको हो ।

न्यजिल्याण्डका लागि मिचेल सान्टनरले सर्वाधिक २९ रन बनाए भने डार्यल मिचेलले १३ र रचिन रविन्द्रले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

न्युजिल्याण्डको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा श्रीलंकाका प्रबाथ जयसूर्यले सर्वाधिक ६ विकेट लिएका थिए भने निशान पेइरिसले ३ तथा असिथा फेर्नांडोले एक विकेट लिएका थिए ।

फलोअनमा परेको न्युजिल्याण्डले आफ्नो दोस्रो इनिङ्ग शुरु गरेको छ भने लन्च सम्म एक विकेट गुमाएर ३ रन बनाएको छ । यस अघि श्रीलंकाले पहिलो इनिङ्गमा ६०२ रन बनाएर इनिङ्ग घोषणा गरेको थियो । टेस्टको दोस्रो दिन शुक्रबार श्रीलंकाका तीन ब्याट्सम्यानको शतक सहित ५ विकेट गुमाएर ६०२ रन बनाए पछि इनिङ्ग घोषणा गरेको थियो ।

श्रीलंकाका लागि कमिन्दु मेन्डिसले १८२ रन बनाएका थिए । श्रीलंकाका लागि आठौँ टेस्ट खेल खेलिरहेका कमिन्दुले हरेक टेस्टमा अर्धशतक बनाएर नयाँ किर्तिमान बनाएका छन् । त्यस्तै यस खेलमा दिनेश चान्डिमलले ११६ र कुशल मेन्डिसले १०६ रन बनाएका थिए ।

२ टेस्टको यस सिरिजमा श्रीलंकाले पहिलो टेस्ट खेल जितेर १-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : ५० बजे

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

एजेन्सी– संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

गाईघाट– उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक

प्रकृति र संस्कृतिको संगम बाँकेको ‘गाभर भ्याली होमस्टे’ 

बाँके– बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घरवास (होमस्टे)

काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट : ९ जनाको मृत्यु, ३१ घाइते

एजेन्सी– भारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति

सुदूरपश्चिममा वन उपभोक्ता समूहको आन्दोलन स्थगित, १३ सदस्यीय कार्यदल गठन

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरूले घोषणा गरेको प्रदेशव्यापी आन्दोलन