हङकङ महासङ्घले डा. रुइतलाई सम्मान गर्ने | Khabarhub Khabarhub

हङकङ महासङ्घले डा. रुइतलाई सम्मान गर्ने


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सुनसरी– हङकङ नेपाली महासङ्घको २६ औं वार्षिक उत्सवको अवसरमा आँखा सम्बन्धी विशेषज्ञ चिकित्सक डा. सन्दुक रुइतलाई सम्मान गरिने भएको छ । महासङ्घ हङ्कङमा रहेका नेपालीहरूको साझा सामाजिक संस्था हो । 

महासंघका अध्यक्ष रिता गुरुङ्काअनुसार आगामी अक्टोबर ६ तारिखमा महासंघको २६ औं वार्षिक अवसर पारेर डा रुइतलाई सम्मान गरिने भएको हो । अध्यक्ष गुरुङले खवरहवलाई भनिन्, ‘हङकङको ब्लु ओसन रेष्टुरेन्टमा सम्पन्न गरिने वार्षिकोत्सवमा नेपालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतलाई सम्मान गर्ने निर्णय भएको छ ।’

उक्त समारोहमा नेपालबाट डा. रुइतको श्रीमती नन्दा लक्ष्मी श्रेष्ठ रुइत र केदार प्रसाद आचार्य पनि सहभागी हुने बताइएको छ । अध्यक्ष गुरुङले डा रुइतले आफ्नो चिकित्सकीय क्षेत्रबाट दिएको अतुलनीय योगदानको कदर स्वरुप महासङ्घले सम्मान गर्न लागेको बताइन् ।

डा रुइत एसियाको नोबल पुरस्कार मानिने रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर चिकित्सक हुन् । उनले हजारौं रुपैयाँ पर्ने मोतिविन्दुको आँखाको लेन्सलाई अत्यन्तै सस्तो मूल्य पर्ने गरी तयार गरेर शल्यक्रियामार्फत विश्व भरीका लाखौं मानिसका आँखाको ज्योति फर्काइदिएका छन् । रुईतेक्टोमीका सुरुवातकता डा. रुइतको बारेमा अस्ट्रेलियन पत्रकार अली ग्रिपरले विस्तृत जीवनी पुस्तक समेत लेखेको छ । 

ताप्लेजुङको चिनियाँ सीमावर्ती दुर्गम विकट गाउँ ओलाङचुङगोलामा जन्मिएका डा रुइतलाई  ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर उपनाम समेत दिइएको छ । उनले भारत सरकारबाट पद्मश्री सम्मान, नेपालबाट प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, बहराइनका राजाबाट ईसा पुरस्कार प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : ०४ बजे

वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश

काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् ।

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

न्यूयोर्क– अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा– चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि