हङकङ महासङ्घले डा. रुइतलाई सम्मान गर्ने « Khabarhub

हङकङ महासङ्घले डा. रुइतलाई सम्मान गर्ने


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सुनसरी– हङकङ नेपाली महासङ्घको २६ औं वार्षिक उत्सवको अवसरमा आँखा सम्बन्धी विशेषज्ञ चिकित्सक डा. सन्दुक रुइतलाई सम्मान गरिने भएको छ । महासङ्घ हङ्कङमा रहेका नेपालीहरूको साझा सामाजिक संस्था हो । 

महासंघका अध्यक्ष रिता गुरुङ्काअनुसार आगामी अक्टोबर ६ तारिखमा महासंघको २६ औं वार्षिक अवसर पारेर डा रुइतलाई सम्मान गरिने भएको हो । अध्यक्ष गुरुङले खवरहवलाई भनिन्, ‘हङकङको ब्लु ओसन रेष्टुरेन्टमा सम्पन्न गरिने वार्षिकोत्सवमा नेपालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतलाई सम्मान गर्ने निर्णय भएको छ ।’

उक्त समारोहमा नेपालबाट डा. रुइतको श्रीमती नन्दा लक्ष्मी श्रेष्ठ रुइत र केदार प्रसाद आचार्य पनि सहभागी हुने बताइएको छ । अध्यक्ष गुरुङले डा रुइतले आफ्नो चिकित्सकीय क्षेत्रबाट दिएको अतुलनीय योगदानको कदर स्वरुप महासङ्घले सम्मान गर्न लागेको बताइन् ।

डा रुइत एसियाको नोबल पुरस्कार मानिने रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर चिकित्सक हुन् । उनले हजारौं रुपैयाँ पर्ने मोतिविन्दुको आँखाको लेन्सलाई अत्यन्तै सस्तो मूल्य पर्ने गरी तयार गरेर शल्यक्रियामार्फत विश्व भरीका लाखौं मानिसका आँखाको ज्योति फर्काइदिएका छन् । रुईतेक्टोमीका सुरुवातकता डा. रुइतको बारेमा अस्ट्रेलियन पत्रकार अली ग्रिपरले विस्तृत जीवनी पुस्तक समेत लेखेको छ । 

ताप्लेजुङको चिनियाँ सीमावर्ती दुर्गम विकट गाउँ ओलाङचुङगोलामा जन्मिएका डा रुइतलाई  ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर उपनाम समेत दिइएको छ । उनले भारत सरकारबाट पद्मश्री सम्मान, नेपालबाट प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, बहराइनका राजाबाट ईसा पुरस्कार प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : ०४ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित