नेता–कार्यकर्तालाई कांग्रेसको निर्देशन- उद्धार तथा राहतमा खटिनू « Khabarhub

नेता–कार्यकर्तालाई कांग्रेसको निर्देशन- उद्धार तथा राहतमा खटिनू


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका नेता–कार्यकर्ताहरूलाई समुदाय स्तरमा उद्धार तथा सहयोग कार्यमा खटिन निर्देशन दिएको छ । 

महामन्त्री गगनकुमार थापाले शनिबार भिडियो सन्देश जारी गरेर प्राकृतिक विपद्का कारण अप्ठ्यारोमा परेका नागरिकको सहयोगका लागि समुदाय स्तरमा उद्धार तथा सहयोग कार्यमा खटिन निर्देशन दिएका हुन् । 

‘जहाँ हामीले जे कुरा मद्दत गर्नुपर्छ, ती कुराहरूमा पार्टीका सबै साथीहरूलाई जुट्नको लागि आग्रह गर्छु,’ थापाले भिडिओ सन्देशमा भनेका छन्, ‘पार्टीका साथीहरूले सबै कार्यक्रमहरू रोकेर उद्धारमा, राहतमा खट्नको लागि म सबै साथीहरूलाई अपील पनि गर्छु ।’

उनले आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद्को समयमा उद्धार र राहतका लागि पार्टीपङ्क्तिलाई परिचालन गर्ने बारे निर्णय गर्ने पनि जानकारी दिएका छन् ।  

‘भोलि हाम्रो पार्टीको कार्यसम्पादन समितिको बैठक छ,’ महामन्त्री थापले भनेका छन्, ‘बैठकपछि हामी पार्टीलाई कसरी थप परिचालित गर्ने यो अप्ठ्यारो समयमा उद्धार राहतका लागि भनेर गरिनै हाल्छौँ ।’

महामन्त्री थापाले नागरिकको ज्यानको सुरक्षा गर्ने मुख्य दायित्व सरकारको भएको भन्दै पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलगायतलाई सम्पूर्ण क्षमता लगाएर नागरिकको उद्धार गर्ने विषयमा ध्यानाकर्षण गरिएको पनि बताएका छन् । 

‘यो बेला नागरिकको ज्यानको सुरक्षा गर्ने मुख्य दायित्व राज्यको हो,’ थापाले भनेका छन्, ‘त्यसैले हामीले कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्रीलगायत जिम्मेवार साथीहरूलाई पार्टीका तर्फबाट यो बेलामा सम्पूर्ण क्षमता लगाएर नागरिकको उद्धार गर्ने कुरामा, ज्यान जोगाउने कुरामा ध्यानाकर्षण गरिनै रहेका छौँ ।’

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : ४२ बजे

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता