महोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा « Khabarhub

महोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – चारदिनदेखिको अविरल वर्षाले जिल्लाका अधिकांश नदी तथा खोलामा बाढी आएको छ । रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन, मरहालगायत नदीमा बाढी आएको हो ।

अविरल वर्षासँगै जिल्लाको नदीमा आएको बाढी गाउँ पस्ने जोखिम बढेको स्थानीय बताउँछन् । यसैबीच जल तथा मौसम विज्ञान विभागले महोत्तरीका सबै नदीहरुमा जोखिमको तह पार गरिसकेको जनाएको छ ।

नदी तटीय गाउँबस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गलालले बताए । जिल्लाका नदी आसपासका २४ बढी गाउँ बाढीको उच्च जोखिममा रहेका उनले जानकारी दिए।

अत्यधिक वर्षा हुँदा यसअघि पनि जिल्लाका अधिकांश भाग डुबानमा पर्ने र सयौँलाई विस्थापित बनाउँदै आएको प्रजिअ गलालले उल्लेख गरे ।

‘स्थानीयको सुरक्षाका लागि जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित जिल्ला विपद् व्यवस्थापन समितिले आइपर्ने जोखिममा उद्धार गर्न आवश्यक तयारी गरिसकेको छ’, उनले भने। 

अहिलेसम्म जिल्लामा कुनै किसिमको मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  २ : ३९ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि