आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको हो : शेखर कोइराला « Khabarhub

आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको हो : शेखर कोइराला


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको बताएका छन् । 

नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले विजयादशमीको ‘शुभकामना आदानप्रदान तथा कांग्रेसको सय दिने अभियान’को शुभारम्भ गर्दै नेता कोइरालाले आर्थिक समृद्धि, सुशासन र राजनीतिक स्थायित्वका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग मिलेर सरकार गठन गरिएको बताए। 

‘मुलुकमा सुशासन कायम गर्न, आर्थिक समृद्धि प्राप्तिका लागि हामीले सहकार्य गरेका हौँ । सबै दलसँगको छलफल र सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधन हुनेछ’, नेता डा. कोइरालाले भने। उनले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रभावकारी कार्यान्वयन गर्न संविधान संशोधन आवश्यक रहेको औँल्याए ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले संविधान संशोधन गर्दा सहमतिका आधारमा गर्नुपर्ने धारणा राखे। उनले पार्टीभित्र भागबण्डा हुँदा पार्टी झन् कमजोर बन्दै गएकाले आपसी सहकार्य आवश्यक रहेको उल्लेख गरे।

कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीका केन्द्रीय सदस्य वडाबाट लडेर आउने प्रावधान बनाउनुपर्नेमा जोड दिए। उनले पार्टीलाई एकताबद्ध बनाएर लगेमात्र आगामी निर्वाचन जितिने उल्लेख गरे । 

नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङले निरन्तर सरकार परिवर्तन हुँदा मुलुकले आर्थिक प्रगति हासिल गर्न नसक्ने धारणा राखे। 

सम्पर्क समितिका अध्यक्ष प्रदीपराज अधिकारी, कांग्रेस लमजुङका पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, प्रदेशसभा सदस्य टीका बस्याल, कांग्रेस लमजुङ प्रदेशका सभापति रघुनाथ गुरुङ, सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, नेवि सङ्घ सम्पर्क समितिका सभापति डिबी पराजुलीलगायतले लमजुङ कांग्रेसको सङ्गठनलाई बलियो बनाउन सकेमात्र आगामी निर्वाचनमा जित हासिल गर्न सकिने धारणा राखेका थिए ।

सोही अवसरमा नेपाल इञ्जिनियर एसोसियसनको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित इञ्जिनियर सुवासचन्द्र बराल र सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन ९सिडेन०का अध्यक्ष इञ्जिनियर लक्ष्मण केसीलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ३ : १८ बजे

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी

पञ्चकन्या माविमा हस्तकला प्रतियोगिता

टक्सार– स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँ

इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं- इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या

मध्यपूर्वको तनावले ओली चिन्तित

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा

काठमाडौं–२ का मतदाताका मुद्दा : भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौं– आज बिदाको दिन, कागेश्वरी मनोहरा नगरपालिकाको भवन अगाडिको बिसौनीमा