वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु « Khabarhub

वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पाटनवर्षाजन्य विपद्मा  ललितपुरमा  हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिएको जानकारी अनुसार विपत्तिको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाँउ र पाटन अस्पताल लगखेलमा राखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्यांकअनुसार अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरी बलपरिचालित भएका छन् ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिनुभएको जानकारी अनुसार हालसम्म महाङ्काल गाउँपालिका–३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुई जना बेपत्ता भएका छन् । 

प्रहरी उपरीक्षक अधिकारीले दिएको जानकारी अनुसार सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाँउ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट चार सय १६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : ०२ बजे

गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ’ब्रान्ड एम्बेसडर’ बने क्रिकेटर शेर मल्ल

काठमाडौं- नेपाली क्रिकेटका उदाउँदो प्रतिभा शेर मल्ल बागबजारस्थित गौतम एजुकेशन

झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाठौं– साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बागदरबार रेट्रोफिटिङले लियो गति, २०८४ मंसिरमा सक्ने लक्ष्य (तस्बिरहरू)

काठमाडौं– सुन्धारास्थित बागदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) ले तीव्रता पाएको छ ।

रहबर अन्सारीले छोडे नेकपा

काठमाडौं– मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राष्ट्रपतिसँग अमेरिकाका राजदूत थम्सनको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत