बाढी–पहिरोमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय | Khabarhub Khabarhub

बाढी–पहिरोमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सरकारले लगातारको वर्षापछि बाढी–पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेको छ । 

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढी–पहिरोमा ज्यान गुमाएका नागरिकलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । 

बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रकोपमा ज्यान गुमाएका सबै नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ज्यान गुमाएका नागरिकका आफन्तलाई दिनुपर्ने क्षतिपूर्तिको प्रबन्ध गर्ने निर्णय गरेको जानकारी दिए । 

उनले घाइतेहरूको निःशुल्क उपचार गर्ने र अवरुद्ध सडकहरू अविलम्ब खोल्नका लागि यातायात मन्त्रालयले पहल गर्ने निर्णय भएको पनि बताए । सरकारका प्रवक्ता गुरुङले लगातारको वर्षाका कारण सिर्जना भएको समस्याका कारण विभिन्न संकायका परीक्षाहरू स्थगित निर्णय गरेको पनि जानकारी दिए । 

उनले बाढी–पहिरोले अवरुद्ध टेलिफोन, बिजुली, खानेपानीलगायत सुचारूका लागि सम्बन्धित मन्त्रालयलाई आ–आफ्नो ठाउँबाट समन्वयात्मक ढंगले समस्या समाधानका लागि पहल गर्ने पनि निर्णय भएको बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : ५० बजे

प्रि ओपन सेसन अपडेट : नेप्से साढे ९ अंकले घट्यो

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५२ अंकले घटेको छ

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख

दाङ– दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला

सिरहामा एकवर्षमा मानवअधिकार उल्लङ्घनका ८८ घटना

सिरहा– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिरहामा सन् २०२४ मा

एमाले सचिवालय बैठक बुधबारका लागि आह्वान

काठमाडौं– नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

सिक्लेसको मौलिकता संरक्षणमा पर्यटन व्यवसायीले जोड

गण्डकी– कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले