समाचार

पहिरोले यात्रु वाहक बस पुरेपछि… (तस्बिरहरु)

By खबरहब

September 28, 2024

काठमाडौं– अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका र काठमाडौँको चन्द्रागिरी नगरपालिकाको सीमा झ्याप्ले खोलामा पहिरोले यात्रु वाहक बस पुरेको छ । 

आज बिहान करिब २:३० बजे तिर आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।  

सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरी नगरपालिका ले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ ।