युक्रेनमा चीनको शान्ति प्रयासमाथि अमेरिकी विदेशमन्त्रीको प्रश्न « Khabarhub

युक्रेनमा चीनको शान्ति प्रयासमाथि अमेरिकी विदेशमन्त्रीको प्रश्न


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी सेनालाई युद्ध सामाग्री निर्यात गरेको आरोप लगाउँदै शुक्रबार युक्रेनमा शान्ति स्थापना गर्ने चीनको मनसायप्रति प्रश्न उठाएका छन् ।

ब्लिन्केनले संयुक्त राष्ट्र महासभाको क्रममा चिनियाँ विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा चीनको कूटनीतिक प्रगतिलाई श्रेय दिँदै ब्लिन्केनले संयुक्त राज्य अमेरिकाले रुसलाई युद्धका लागि आवश्यक सामग्री निर्यात गर्ने चीनको व्यवहारप्रति चिन्तनशील रहने र वासिब्टनले थप प्रतिबन्धहरू लगाउन सक्ने चेतावनी दिएका छन् ।

चीनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धनीतिलाई समर्थन गरिरहेको आरोप लगाएका छन् ।

‘बेइजिङले एकतर्फ आफूले शान्ति चाहने बताइरहेको छ, तर अर्कातिर द्वन्द्वको अन्त्य हेर्न चाहन्छ । यसले आफ्ना कम्पनीलाई कार्यहरू गर्न अनुमति दिइरहेको छ जसले वास्तवमा पुटिनलाई आक्रमण जारी राख्न मद्दत गरिरहेको छ, त्यो हुनु हुँदैन’, ब्लिन्केनले पत्रकार सम्मेलनमा भने ।

‘हाम्रो उद्देश्य रूसलाई चीनबाट अलग गर्नु होइन । उनीहरूको सम्बन्ध उनीहरूको व्यवसाय हो तर चीनले रुसलाई युद्ध जारी राख्न आवश्यक पर्ने कुरा प्रदान गरिरहेको छ, यो हामी र अन्य धेरै देशका लागि समस्याको कुरा हो’,ब्लिन्केनले बताए।

शीर्ष अमेरिकी कूटनीतिज्ञले चीनले रुसलाई सैन्य उत्पादनका लागि आवश्यक ७० प्रतिशत मेसिन उपकरण र ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक्स प्रदान गरेको छ जसमा रकेट र युद्ध सवारी साधनहरू समावेश छन् ।

बैठकका क्रममा वाबले युक्रेन द्वन्द्वमा चीनले सधैँ शान्ति र संवादको वकालत गर्ने र राजनीतिक समाधानका लागि काम गर्ने बताउनुभएको बेइजिङको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीनले रुसलाई प्रत्यक्ष रूपमा हतियार उपलब्ध गराएको छैन र सन् २०२२ मा रुसको आक्रमणपछि युक्रेनलाई अरबौँ डलरको हतियार पठाएको संयुक्त राज्य अमेरिकाको विपरीत रहेको विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षा परिषद्को मङ्गलबार आयोजित एउटा सत्रमा वाबले भने ‘चीन युक्रेन सङ्कटको सृष्‍टिकर्ता होइन, न त हामी यसको पक्ष हौँ“ भने चीन सधैँ शान्तिको पक्षमा उभिएको छ ।’

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ५ : ३४ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ