जारी परीक्षा स्थगित गर्ने सरकारको निर्णय « Khabarhub

जारी परीक्षा स्थगित गर्ने सरकारको निर्णय


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन-कुन परीक्षा सञ्चालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।

त्यस्तै बैठकले हाल अवरुद्ध रहेका सडक तत्काल खुलाउन भौतिक योजना मन्त्रालयले तत्काल पहल गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ०२ बजे

सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर

काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत,

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं-  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले

साउनका लागि पशुपति क्षेत्रमा तयारी, सोमबार चारवटा लाइन राख्ने

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शनका