वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित « Khabarhub

वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मेलम्ची खानेपानी विकास समितिले दशैँअघि नै काठमाडौँ उपत्यकामा पुनः पानी ल्याउने तयारी गरेकामा बिहीबारदेखिको वर्षाले सो कार्य थप अनिश्चित भएको छ ।

समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले राजधानीमा पानी ल्याउन प्राविधिक काम सकेकामा बिहीबारदेखिको वर्षाले अनिश्चित भएको बताए। उनले मेलम्ची खानेपानीको मुहानस्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा भने ठूलो क्षति भएको नदेखिएको जानकारी दिए। 

समितिले मुहानस्थलमा राम्रो सुरक्षा व्यवस्था मिलाएकाले ठूलो क्षति नभएको तर सुरुङभित्र कुनै क्षति भएका बारे अध्ययन गर्न भने केही दिन लाग्ने कार्यकारी निर्देशक लामिछानेले सुनाए ।

‘मेलम्ची नदीमा भने धेरै बाढी गएको छ ।त्यसको प्रभाव सुरुङभित्र कति पर्‍यो भनी प्राविधिक अध्ययन हुन बाँकी छ । यो अध्ययन सकेपछि मात्र राजधानीमा मेलम्चीको पानी आउने दिन निश्चित गर्नेर्छौं’, उनले भने। 

मेलम्ची नदीबाट दैनिक १७ करोड ५० लाख लिटर पानी आउने र त्यसपछि राजधानीवासीले राहत पाउने विश्वास गरिएको छ । मेलम्चीको पानी वर्षामा बन्द गरी हिउँदमा मात्र ल्याउने गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : १४ बजे

पाकिस्तान र लेबनानका सेनाप्रमुखको भेटवार्ता

इस्लामावाद- पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच मङ्गलबार भेटवार्ता भएको

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई

ओमान- ओमानको समुद्री क्षेत्रमा एमटी मेरिवेक्स नामक तेल ट्यांकरमा भएको

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर– भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको

हर्मुजनजिकै खस्यो अमेरिकी हेलिकप्टर, दुवैजना पाइलट बाँच्न सफल

तेहरान- हर्मुज स्ट्रेटनजिकै सोमबार अमेरिकी सेनाको एक एएच-६४ अपाचे हेलिकप्टर

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी– बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै