विपत व्यवस्थापनमा सरकार उदासिन देखियो : शेखर कोइराला « Khabarhub

विपत व्यवस्थापनमा सरकार उदासिन देखियो : शेखर कोइराला


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विपत व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताएका छन् ।

देशका प्राय सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘राजधानी काठमाडौ उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ। जिल्ला सदरमुकामहरु सडक सम्पर्कबाट बिच्छेद छन । बस्तीहरु डुबानमा छन् । नागरिकहरु चरम सङ्कटमा छन् । तर राज्य कहाँ छ यतिबेला ?’

नेपाली कांग्रेस सल्यान(काठमाडौ सम्पर्क समितिले काठमाडौमा आयोजना गरेको ूशुभकामना आदानप्रदान कार्यक्रमू लाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले राजधानीमै हेर्दाहेर्दै र देख्दादेख्दै मान्छे बगाएको घट्नालाई समेत सरकारले बेवास्ता गरेको आरोप समेत लगाए । सरकार भनेको केवल कुर्सी र पद मात्रै नभएको भन्दै कोइरालाले प्रश्न गरे, मन्त्री क्वाटरकै छेउबाट नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?’

मौसम पुर्वानुमान बिभागले केही दिन देखी नै यतिबेला भारी वर्षा हुन्छ भनेपनि सरकारले त्यसको लागि सरकारले आवश्यक नगर्दा मानविय क्षेती भएको कोइरालाको भनाई छ । सरकारको यो चरम लापरबाही उनको जिकिर छ ।

कोइरालाले यस बिपत्तिको घडीमा कांग्रेस पार्टीका हरेक तहका नेताहरूलाई उद्धारमा जुट्न समेत आग्रह गरे ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ३४ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा