झ्याप्ले खोलामा पहिरोले पुरेको विङ्गरबाट सातवटा शव निकालियो « Khabarhub

झ्याप्ले खोलामा पहिरोले पुरेको विङ्गरबाट सातवटा शव निकालियो


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नौबिसे नागढुंगा सडकखण्डस्थित सुरुङमार्गनजिक रहेको झ्यापले खोलामा पहिरोले पुरिएको विङ्गरबार सातवटा शव निकालिएको छ ।

१२ जना यात्रु सवार रहेको भनिएको पहिरोले पुरिएको उक्त विङ्गरबाट शनिबार साँझसम्म सातवटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । झ्याप्ले खाेलामा पुरिएकाे विङ्गर बसमा सवार १२ जना नै पुरिएकाे अनुमान छ ।

उनीहरू सबै जीवित रहन सक्ने सम्भावना नरहेकाे धादिङको धुनबेँसी नगरपालिका वडा नं. ९ का अध्यक्ष माधवप्रसाद सिलवालले बताए । उनका अनुसार अहिले विङ्गर निकाल्ने काम भइरहेको छ ।

झ्याप्ले खोलामा बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८नम्बरको विङ्गर पुरिएको थियो । जसका चालक रमेश लुइँटेल थिए । अहिले पनि त्यहाँ उद्धारकार्य जारी रहेकाले झिकिएका शवको पहिचान हुन सकेको छैन ।

लेदोसहितको पहिरोमा पुरिएको विङ्गर बुटवलबाट काठमाडौं आउने क्रममा पुरिएको हो । लेदोसहितको पहिरो हटाउने कार्यसँगै ७ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । उद्धारमा जुटेका विक्रम राणाले पनि अहिलेसम्म सातवटा शव झिकिएको जानकारी दिएका छन् ।

झ्याप्ले खोलामा पुरिएको विङ्गर निकाल्ने कामसँगै सुरुङ्गमार्ग आसपासका क्षेत्रका अरु पहिरो पनि धमाधम हटाइँदैछ । शनिबार राति नै काठमाडौं छिर्ने मुख्य नाका एकतर्फी खुल्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

बाटो खुलेपछि बीच बाटोमा अड्किएका गाडीहरूलाई पठाउने तयारी हुँदैछ । अघि बढेका गाडीलाई मुग्लिनको चेकपोस्टमा रोकिनेछ । शुक्रबारदेखि बाटोमा रोकिएका गाडीहरूलाई काठमाडौं प्रवेश गर्न

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ५४ बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक