अर्जेन्टिनाका गोलकिपर मार्टिनेजलाई दुई खेलको प्रतिबन्ध « Khabarhub

अर्जेन्टिनाका गोलकिपर मार्टिनेजलाई दुई खेलको प्रतिबन्ध


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अर्जेन्टिनाका गोलकिपर इमालियानो मार्टिनेजलाई दुई खेलको प्रतिबन्ध लागेको छ । फिफाले मार्टिनेजलाई दुई खेलमा प्रतिबन्ध लगाएको हो ।

विश्वकप छनौट चरणको खेलका क्रममा अर्जेन्टिना कोलम्बियासँग पराजित हुँदा मार्टिनेजले क्यामरा अपरेटरसँग गरेको दुर्व्यवहारका कारण दुई खेलको प्रतिबन्ध भोगेका हुन् ।

यससँगै मार्टिनेजले अर्जेन्टिनाका विश्वकप छनौटका अक्टोबर १० मा हुने भेनेजुएला र अक्टोबर १६ मा हुने बोलिभियाविरुद्धको खेल गुमाउने भएका छन् ।

अर्जेन्टिनाको फुटबल फेडेरेशनले फिफाको अनुशासन समितिले लगाएको प्रतिबन्धमा असन्तुष्टि जनाएको छ ।

अब मार्टिनेज आगामी नोभेम्बरमा अर्जेन्टिनाले खेल्ने पराग्वे र पेरुविरुद्धको खेलमा मात्रै टिममा फर्किने छन् । उनी अहिले इङ्लिस क्लब एस्टन भिल्लाबाट व्यवसायिक फुटबल खेल्छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ०१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया