खेलकुद

अर्जेन्टिनाका गोलकिपर मार्टिनेजलाई दुई खेलको प्रतिबन्ध

By खबरहब

September 28, 2024

काठमाडौं-अर्जेन्टिनाका गोलकिपर इमालियानो मार्टिनेजलाई दुई खेलको प्रतिबन्ध लागेको छ । फिफाले मार्टिनेजलाई दुई खेलमा प्रतिबन्ध लगाएको हो ।

विश्वकप छनौट चरणको खेलका क्रममा अर्जेन्टिना कोलम्बियासँग पराजित हुँदा मार्टिनेजले क्यामरा अपरेटरसँग गरेको दुर्व्यवहारका कारण दुई खेलको प्रतिबन्ध भोगेका हुन् ।

यससँगै मार्टिनेजले अर्जेन्टिनाका विश्वकप छनौटका अक्टोबर १० मा हुने भेनेजुएला र अक्टोबर १६ मा हुने बोलिभियाविरुद्धको खेल गुमाउने भएका छन् ।

अर्जेन्टिनाको फुटबल फेडेरेशनले फिफाको अनुशासन समितिले लगाएको प्रतिबन्धमा असन्तुष्टि जनाएको छ ।

अब मार्टिनेज आगामी नोभेम्बरमा अर्जेन्टिनाले खेल्ने पराग्वे र पेरुविरुद्धको खेलमा मात्रै टिममा फर्किने छन् । उनी अहिले इङ्लिस क्लब एस्टन भिल्लाबाट व्यवसायिक फुटबल खेल्छन् ।